मकवानपुर– मकवानपुरको थाहा नगरपालिकामा संचालित शिविरमा ८४ जना मोतिविन्दुका विरामीहरुको निशुल्क शल्यक्रिया गरिएको छ । हेटौडा सामुदायिक आंखा अस्पताल अन्तर्गत थाहा नगरपालिकामा संचालित तिलगंगा सामुदायि आँखा केन्द्रमा शनिबार संचालन भएको शिविरमा ८४ जना आँखाका बिरामिको निशुल्क मोतिविन्दुको शल्यक्रिया गरिएको हो ।

मकवनपुरको उत्तरी क्षेत्रका डांडाखर्क, गोगने, देउखेल, बज्रबाराही, फाखेल, दामन र नौखण्डेमा १ हजार भन्दा बढी बिरामीहरुको आँखा परिक्षण एवम् निशुल्क औषधि वितरण गरीएको थियो । शिविरबाट मोतिबिन्दु देखिएका आँखाका १ सय २ जना बिरामी मध्ये ८४ जनाको केन्द्रमा ल्याई निशुल्क शल्यक्रिया गरीएको हो ।

भिजन हिमालय फाउण्डेशनको सहयोगमा संचालित शिविरमा तिन महिना देखि दुवै आंखा नदेख्ने जनकला शाहीको शल्यक्रिया पश्चात आंखा देख्दा निकै हर्षित हुनुभउको थियो । नेत्ररोग विशेषज्ञ डा. श्याम व्यास लगायतको टोलीले आँखाका विरामीहरुको मोतिविन्दुको शल्यक्रिया गर्नुभएको हो ।