मकवानपर – मकवानपुर प्रहरीले ठुलो परिमाणमा लागुऔषध सहित दुई जनालाई पक्राउ गरेको छ । ईलाका प्रहरी कार्यालय मनहरीबाट खटिएको प्रहरी टोलीले ९४६ एम्पुल लागुऔषध डाईजेपाम, फेनार्गन र नुफिनसहित दुईजनालाई पक्राउ गरेको हो ।
प्रहरीले वीरगञ्जबाट चितवन तर्फ जादै गरेको ना ७ ख २०१९ नम्बरको यात्रु बसमा सवार रहेका भारत बिहार पुर्वी चम्पारण जिल्ला मोतीहारी ग्राम आदापुर वडा नम्बर २ बस्ने २२ वर्षका सद्दाम अन्सारी र सिसवा सौनाहा वडा नम्बर २ बस्ने १८ वर्षका रोहान आलमलाई पक्राउ गरेको हो । मनहरी बजार स्थित चेकपोष्टमा सुरक्षा जाँच गर्ने क्रममा उनीहरुको साथबाट झोलामा लुकाई ल्याइएको लागुऔषध डाईजेपाम ३०० एम्पुल ,फेनार्गन ३०६ एम्पुल र नुफिन ३४० एम्पुल फेला परेको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रवक्ता प्रहरी नायब उपरिक्षक जयश्वर रिमालले बताउनुभएको छ । पक्राउ परेका उनीहरुलाई थप अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ ।
एक लाख ३४ हजार रुपैयाँसहित ८ जना जुवाडे पक्राउ
मकवानपुर प्रहरीले १ लाख ३४ हजार ५५० रुपैयासहित ८ जना जुवाडेलाई पक्राउ गरेको छ । बुधबार राति जिल्ला प्रहरी कार्यालय मकवानपुरबाट खटिएको प्रहरी टोलिले हेटौंडा– ४ स्थित पशुपती मन्दिर रोडमा अटो ग्यारेजमा पैसाको हारजित हुने गरी जुवा खेलिरहेको अवस्थामा उनिहरुलाई पक्राउ गरिएको हो ।
प्रहरीले १ लाख ३४ हजार ५५० रुपैयाँ र ५ बुक ताससहित हेटौंडा–१२ का ४३ वर्षिय कृष्ण ब्लोन, हेटौंडा–६ का ३१ वर्षिय अजय सापकोटा, हेटौंडा–१ चाईनाक्वाटरका ३८ वर्षिय नवराज गिरी, हेटौंडा–३ का ३१ व्र्षिय प्रकाश बि.क., हेटौंडा–६ का ३९ वर्षिय पुर्ण बहादुर श्रेष्ठ, हेटौंडा–५ का ३४ वर्षिय पिताम्बर देवकोटा, हेटौंडा–१ का ४२ वर्षिय बिर बहादुर लामा र मकवानपुरगढी गाउँपािलका–६ का २७ वर्षिय राम कुमार लामालाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी नायब उपरिक्षक जयश्वर रिमालले जानकारी दिनुभयो । पक्राउ परेका उनिहरु बिरुद्ध थप अनुसंधान भईरहेको उहाँले जानकारी दिनुभयो ।