मकवानपुर – बागमती प्रदेश सरकारका मुख्य न्यायाधिवक्ता ओम प्रकास थपलियाले आज पदबाट राजिनामा दिनु भएको छ । नेकपा एमालेले बागमती प्रदेश सरकारको नेतृत्व गर्दा मुख्य न्यायधिवक्तामा नियुक्त हुनुभएका थपलियाले एमालेको सरकार ढलेसंगै पदबाट राजिनामा दिनु भएको हो ।
उहाँले आज प्रदेश प्रमुख यादब चन्द्र शर्मा समक्ष राजिनामा बुझाउनुभएको छ । एमाले संसदीय दलका नेता अष्टलक्ष्मी शाक्यले मुख्यमन्त्री पदबाट राजिनामा दिएसंगै मुख्य न्यायधिबक्ताले पनि राजिनामा दिनिुभएको हो । उहाँ २०७६ साल साउन १२ गते तत्कालिन मुख्यमन्त्री डोरमणि पौडेलको शिफारिसमा प्रदेश प्रमुखले मुख्य न्यायधिवक्तामा नियुक्त हुनु भएको थियो । मुख्य न्यायधिवक्ता प्रदेश सरकारको कानूनी सल्लाहकार हुने व्यवस्था छ । थपलियाले बदलिदो रानैतिक परिवेशमा मुख्यमन्त्री अष्टलक्ष्मी शाक्यले राजिनामा दिई नयाँ परिस्थिती सृजना भएको कारण पदबाट राजीनामा दिएको पत्रमा उल्लेख गर्नुभएको छ । उहाँले आफुले पाएको जिम्मेवारी सफलता पूर्वक बहान गर्न सफल भएको बताउनुभएको छ ।