थाहानगर – थाहानगरमा नेकपा माओवादी केन्द्र , नेपाली काँग्रेस लगायत विभिन्न पार्टी परित्याग गरी नेकपा एमाले प्रवेश गरेका छन् । एमालेको युवा संगठन राष्ट्रिय युवा संघ नेपालको १३ असोजमा आयोजित थाहानगर सम्मेलनमा विभिन्न पार्टी परित्याग गरी ठूलो सङ्ख्यामा एमाले प्रवेश गरेका हुन् ।

एमाले प्रवेश गर्नेमा यसअघि नेकपा माओवादी केन्द्रको जिल्ला तहको नेतृत्वमा रहेकाहरु समेत छन् । एमाले प्रवेश गर्नेहरुमा माओवादी केन्द्रको पार्टी तथा जनसंगठनको जिल्ला तहमा रहेका नारायण बल, संजिव बल, बबिता बल, राजेश गहतराज रहेका छन् । त्यसैगरी सोही पार्टीको क्षेत्रीय समतिमा रहेका कृष्ण बल, शान्ता बल, दर्जा पाख्रिन, दिलबहादुर पाख्रिन, हरिचन्द्र घलान, सिर्जना सिन्तान, आकाश थिङ, अनिल सुनार, विकास सुनार, अजय आलेमगर लगायत रहेका छन् । उनीहरुलाई हालै एमाओवादी छाडेर एमाले प्रवेश गरेकी नेतृ बरिना बलले एमालेमा भित्र्याएकी हुन् । स्वतन्त्र युवा समूह थाहानगरका अध्यक्ष सुमन रायमाझीको नेतृत्वमा ४३ जना युवाहरु पनि एमाले प्रवेश गरेका छन् । त्यस्तै चित्लाङका ६५ जना युवाहरु एमाले प्रवेश गरेका छन् । पार्टी प्रवेश गर्नेमा यसअघिको स्थानीय तह निर्वाचनमा समाजवादीबाट वडा अध्यक्षको उमेदवारी दिएकासमेत छन् ।

त्यस्तै साविक आग्राबाट माओवादी परित्याग गरी ४१ जना कार्यकर्ताहरु एमाले प्रवेश गरेका छन् । एमाले प्रवेश गर्नेमा वाइसिएलका युवा नेता लिलाबहादुर थिङसमेत छन् । उता थाहा– ११ र १२ बाट नेपाली काँग्रेस परित्याग गरी ६ जना एमाले प्रवेश गरेका छन् । वडा नम्बर १ र ३ बाट पनि केही व्यक्तिहरु एमाले प्रवेश गरेका छन् । एमाले प्रवेश गर्नेहरुलाई नेकपा एमालेका केन्द्रीय सदस्य एवम् युवा फाँट इन्चार्ज महेश बस्नेत, जिल्ला इन्चार्ज रामेश्वर राना, जिल्ला सचिब एकालाल श्रेष्ठ, युवा संघका स्थाइमिटी सदस्य सन्ताेष चाैलागाइ, नगर इन्चार्ज विष्णुप्रसाद ढकाल, नगर अध्यक्ष अच्युत्तमप्रसाद ढकाल, युवा संयोजक प्रदिप भट्ट लगायतले स्वागत गरेका थिए । नगर संयोजक प्रदिप भट्टको अध्यक्षतामा भएको अधिवेशनमा एमाले बागमती प्रदेश सदस्य सुवाष चन्द्र ठकुरी, महेश बर्तौला, युथ फोर्सका केन्द्रीय संयोजक क्षितिज थेवे, युवा संघ नेपालका केन्द्रीय उपाध्यक्ष उर्मिला सुनुवारलगायतको आतिथ्यता रहेको थियाे ।












