मकवानपुर – जिल्ला समन्वय समिति (जिसस) मकवानपुरका प्रमुख रघुनाथ खुलालले विभिन्न समयमा मकवानपुर जिल्लामा सहयोगि मन नेपालले खेलेको भुमिका सरहनीय रहेको बताउनुभएको छ । सोमबार (आज) सहयोगि मन नेपाल मकवानपुरको तेस्रो स्थापना दिवश एवम् बडा दशै, शुभदिपावली, छठपर्वलगायत चाडपर्वका अवसरमा आयोजित शुभकामना आदान प्रदान कार्यक्रमका अवसरमा उहाँले संस्थाले कोरोना महामारीलगायत विभिन्न समयमा खेलेको भुमिका प्रशंसनिय रहेको बताउनुभयो ।

प्रमुख खुलालले मकवानपुरमा रहेर विभिन्न क्षेत्रहरुमा सहयोगी कामहरु गर्दै आइरहहेको सहयोगी मन नेपालको स्थापना भएसँगै जिल्लामा सक्रिय रहेर सेवा दिँदै आइरहेको संस्था मध्ये एक रहेको बताउनुभयो । कोरोना माहामारीको समयमा समेत सहयोगको लागि उल्लेख्य भूमिका खेलेको संस्थाले आगामी दिनमा अझै यस्ता कार्यहरुलाई निरन्तरता दिन आग्रह गर्नुभयो । उहाँले गैरसरकारी संस्थाहरुको भिडमा पृथक पहिचान बनाउन सकेको संस्थाको अझै प्रगति हुँदै जाओस भन्ने कामना समेत गर्नुभयो ।

हेटौंडा –६ मकवानपुरमा रहेको संस्थाका अध्यक्ष केदार प्रसाद चौलागाईको अध्यक्षतामा भएको कार्यक्रममा प्रमुख जिल्ला अधिकारी भरतमणि पाण्डे, अख्तियार दुरुपयोग अनुसन्धान आयोग हेटौंडाका उपसचिव अखण्ड शर्मा, हेटौंडा–६ का वडा अध्यक्ष अर्जुन चौलागाईं, १६ नम्बर वडा अध्यक्ष रामकृष्ण कोइराला, मकवानपुर उद्योग वाणिज्य संघका अध्यक्ष कृष्ण कटुवाल, राप्रपा मकवानपुरका अध्यक्ष गुरु प्रसाद सापकोटालगायतले मन्तव्य व्यक्त गर्नुभएकनो थियो । कार्यक्रममा संस्थाले हरेक वर्ष प्रलदान गर्दै आएको क्षात्रबृति रकम समेत हस्तान्तरण गरिएको थियो ।