file photo

काठमाडौँ । प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले) को दोस्रो दिनको स्थायी कमिटी बैठकमा विधान महाधिवेशनमा पेस गरिने तीन वटा प्रतिवेदनमाथि छलफल भइरहेको छ । ललितपुरको तुल्सीलाल स्मृति प्रतिष्ठान च्यासलमा बसेको बैठकमा विधान संशोधन सम्बन्धी प्रस्ताव, राजनीतिक प्रतिवेदन र सांगठानिक प्रतिवेदनमाथि छलफल भइरहेको एमाले केन्द्रीय कार्यालयका सचिव शेरबहादुर तामाङले जानकारी दिनुभयो । बैठकमा असोज १५ गतेदेखि १७ गतेसम्म हुने विधान महाधिवेशनमा प्रस्तुत गर्ने प्रतिवेदनमाथि स्थायी कमिटी सदस्यहरूले आफ्नो तर्फबाट धारणा राख्ने क्रम जारी छ ।