मकवानपुर – मकवानपुर प्रहरीले लागु औषध गाँजा र अटोसहित एकजनालाई पक्राउ गरेको छ । प्रहरीले मकवानपुरको मनहरीबाट लागूऔषध गाँजा र अटोसहित अटो चालक राक्सिराङ गाउँपालिका–८ बस्ने बर्ष २६ का सुदिप मोक्तानलाई पक्राउ गरेको हो ।
जिल्ला प्रहरी कार्यालय मकवानपुरबाट खटिएको प्रहरी टोलीले मनहरी गाउँपालिका वडा नम्बर– ८ सिमपानि स्थित पुर्वपश्चिम राजमार्गमा मनहरीबाट हेटौडा तर्फ आउँदै गरेको ना २ ह ३४६८ नम्बरको अटोलाई रोकी चेकजाँच गर्दा गाँजा फेला परेको जनाईएको छ । प्रहरीले अटोभित्र लुकाई ल्याएको १० किलो ७४० ग्राम लागुऔषध गाँजा बरामद गरेको हो । गाँजासहित पक्राउ परेका अटो चालक मोक्तान बिरुद्ध थप अनुसन्धान भईरहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएइको छ ।