मकवानपुर– मकवानपुरमा गरिब घर परिवार पहिचान तथा परिचयपत्र वितरणमा खटिने गणक तथा सुपरिवेक्षकहरुको तालिम सुरु भएको छ । भुमि व्यवस्था सहकारी तथा गरिवि निवारण मन्त्रालयको आयोजना एवम् जिल्ला समन्वय समिति मकवानपुरको समन्वयमा सोमबारबाट ५ दिने तालिम सुरु भएको हो ।
जिल्लाका ९ वटा स्थानियतह (हे.उ.म.नपा) बाहेकका गणक तथा सुरपरिवेक्षकलाई छुट्टा छुट्टै तीन समुहमा दुई स्थानमा एकै साथ तालिम प्रदान गरिदैछ । सोमबार जिल्ला समन्वय समितिका प्रमुख रघुनाथ खुलाल र उपप्रमुख भगवती पुडासैनीले दुबै स्थानमा संचालित तालिमको उद्घाटन गर्नुभएको थियो । समन्वय अधिकारी कपिल प्रसाद उपाध्यायको अध्यक्षतामा भएको कार्यक्रममा जिल्ला सिमन्वय समिति मकवानपुरका प्रमुख खुलालले तालिमको उद्घाटन गर्नुभएको थियो । तालिको उद्घाटन गर्दै प्रमुख खुलालले तथ्याङ्कले राज्यको योजना निर्माणमा असर गर्ने हुनाले सहि तथ्याङ्क संकलन गर्न गणक तथा सुपरिवेक्षकलाई आग्रह गर्नुभयो ।
त्यस्तै जिससका शाखा अधिकृत भीमलाल महर्जनको अध्यक्षतामा भएको तालिको उद्घाटन उपप्रमुख पुडासैनीले गर्नुभएको थियो । तालिम उद्घाटन गर्दै उहाँले गणक तथा सुपरिवेक्षकहरुलाई हरेक घरमा पुगेर तथ्याङ्क संकलन गर्न आग्रह गर्नुभयो । मकवानपुरमा गरिब घरपरिवार पहिचान तथा परिचयपत्र वितरणका लागि ९७ जना गणक तथा सुपरिवेक्षक खटिँदैछन् ।