काठमाण्डौं । नेकपा (एमाले) ले आन्दोलनरत शिक्षक संग वार्ता गरि विद्यालय खुलाउन आग्रह गरेकाे छ । एमालेको संसदिय दलका सचेतक महेश वर्तौला सहित संसदको शिक्षा समितीमा (एमाले) तर्फबाट साँसदहरुले आज विहिबार शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री अशोक कुमार राईलाई आन्दोलनरत शिक्षकहरु संग तत्काल वार्ता गरेर समाधान निकाल्न र वन्द भएका विद्यालयहरु खुलाउने वातावरण वनाउन आग्रह गरेका हुन् ।
साथै शिक्षकहरुले गरिरहेको शान्तीवपुर्ण आन्दोलन माथि प्रहरी द्धारा भईरहेको धरपकड, अवरोध र हस्तक्षप प्रति एमालेको तर्फबाट चिन्ता व्यक्त गर्दै त्यस्तो व्यवहार नगर्न समेत सरकारको ध्यानाकर्षण गराएको छ । छलफलका क्रममा एमाले सचेतक वर्तौलाले शिक्षण पेशा असाध्यै सम्मानीत र मर्यादित पेशा भएकोले यसै बमोजिम शिक्षक महासंघले उठाएका माग पुरा गर्न सरकार गम्भीर हुनुपर्ने वताए । शिक्षा मन्त्री राईले छलफलका क्रममा बताएः क्रममा “तपाईहरुको सुझावलाई समेत ध्यान दिँदै अविलम्व विद्यालय खोल्ने वातावरण वनाउनेछु ।”