मकवानपुर । मदन भण्डारी फाउण्डेसन मकवानपुरले जननेता मदन भण्डारीको जन्मजयन्तीको अवसरमा टिकटक प्रतियोगिता आयोजना गरेको छ । मदन भणडारी फाउण्डेसन मकवानपुरले भण्डारीको जन्मजयन्तीको अवसरमा यस वर्ष टिकटक प्रतियोगिता गरी रचनात्मक रुपमा मनाउने भएको हो ।
टिकटक प्रतियोगिताको प्रथम पुरस्कार ५ हजार नगद, द्वितीय पुरस्कार ३ हजार र तृतीय २ हजार रुपैयाँ रहेको छ । फाउण्डेसन मकवानपुरले मदन भण्डारीको जन्मजयन्ती असार १४ को अवसरमा हरेक वर्ष विविध कार्यक्रम आयोजना गर्दै आएको छ । याे वर्ष “मैले बुझेको मदन भण्डारी” अर्थात मदन भण्डारीका बारेमा आफुले जाने बुझेका कुरामा रचनात्मक टिकटक प्रतियाेगिता गर्न लागेकाे हाे । प्रतियाेगितामा सहभागि हुन चाहने प्रतिष्पर्धीले मदन भण्डारीका बारेमा टिकटक बनाएर असार १२ गतेसम्म अपलोड गरि @madanbhandarifaundation मा ट्याग गर्नु पर्ने छ । सोही अनुसार,असार १४ गते सहिद स्मारकमा आयोजना हुने भव्य कार्यक्रमकाबीच प्रतिष्पर्धी मध्ये उत्कृष्ठलाई पुरस्कृत गरिने बताईएको छ ।