मकवानपुर । शैक्षिक सहयोग अक्षयकोष नेपाल मकवानपुरको साधारण सभा आगामी असार १९ गते आयोजना हुने भएको छ । शुक्रबार अक्षयकोषको कार्यसमिति बैठकले आगामी असार १९ गते जिल्ला समन्वय समिति मकवानपुरको सभाहलमा चौथो साधारण सभा आयोजना गर्ने निर्णय गरेको हो ।
कोषका अध्यक्ष रघुनाथ खुलालको अध्यक्षतामा बसेको बैठकले साधारण सभा आयोजनाका लागि संस्थाका कोषध्यक्ष रामकृष्ण थापाको संयोजक्त्वमा आशाकाजी श्रेष्ठ र विवश अधिकारीसहितको तयारी समिति समेत गठन गरेको छ । यस्तै बैठकले संस्थाको संस्थागत र आर्थिक प्रतिवेदन तया गरेर साधारण सभा अगाडी बस्ने बैठकमा पेश गर्ने गरि तयारी गर्न सचिव बद्रीबहादुर पाठक र कोषध्यक्ष रामकृष्ण थापालाई जिम्मेवारी प्रदान गरिएको अध्यक्ष खुलालले जानकारी दिनुभयो । साथै बैठकले संस्थाको चल्ती खातामा रहेको रकम मध्ये १ लाख ५० हजार रुपैयाँ अक्षय कोषको मुद्धती खातामा जम्मा गर्ने निर्णय समेत भएको खुलालले बताउनुभयो ।
बैठकमा जिल्ला समन्वय समिति मकवानपुरका प्रमुख ललित बहादुर घलान र उपप्रमुख सानुकाजी लुईटेलको समेत उपस्थिती थियो । उहाँहरुलाई संस्थाको गतिविधि, सदस्य संस्था र संकलित रकमको बारेमा समेत जानकारी गराउनुका साथै कोषमा सदस्य बृद्धिका लागि पहल कदमी लिईदिन आग्रह गरिएको थियो । सो क्रममा प्रमुख घलानले पत्रिप उदेश्यका साथ स्थापित संस्थामा आफु सदस्य बन्ने तथा सदस्यता बृद्धिका लागि पहल गर्ने प्रतिबद्धता जनाउनु भएको थियो । मकवानपुर जिल्लामा निजी क्षेत्रबाट शैक्षिक क्षेत्रमा योगदान पु¥याउने उदेश्यका साथ शैक्षिक सहयोग अक्षयकोष नेपाल मकवानपुर स्थापना भएको हो ।