हेटौँडा । नेकपा एमाले निकट राष्ट्रिय युवा संघ नेपाल, हेटौँडा उपमहानगरपालिका वडा नंबर–८ स्तरीय वडा कमिटि निर्माण भएको छ । आज भएको वडा भेलाले विशाल थापाको अध्यक्षतामा ५५ सदस्यीय कमिटि निर्माण भएको हो । कमिटिको उपाध्यक्षमा विमान सिंह रुम्बा,राम राज सुवेदी, उमेश तामाङ, सचिवमा कृष्ण केसी, सहसचिव शिव चौहान र कोषाध्यक्ष सुजिता केसी चयन भएका छन् ।

कार्यक्रममा मदन मण्डारी स्र्पोट्स एकेडेमीको अध्यक्षमा कृष्णप्रसाद अर्याल चयन भएका छन् । कार्यक्रममा विभिन्न पार्टी परित्याग गरि २ सय ५० जना नेकपा एमालेमा प्रवेश गरेका थिए । नव प्रवेशीलाई नेकपा एमालेका केन्द्रीय सदस्य एवम् वागमती प्रदेशका निवर्तमान मुख्यमन्त्री डोरमणी पौडेल सहित एमालेका नेताहरुले स्वागत गरेका थिए । कार्यक्रममा एमाले मकवानपुरका उपाध्यक्ष गोपाल श्रेष्ठ सहित पार्टी जिल्ला कमिटिका नेताहरु, युवा संघका स्थायी कमिटि सदस्य सन्तोष चौँलागाई, जिल्ला अध्यक्ष लक्ष्मण उप्रेती सहित युवा संघका नेताहरुको आतिथ्यता रहेको थियो ।