मकवानपुर – नेपाल कम्युनिष्ट पार्टी एमाले बागमती प्रदेश कमिटी सदस्य रघु खुलालले पार्टीलाई मजबुत बनाउने गरी कृयाकलापहरु सञ्चालन गर्न कार्यकर्ताहरुलाई निर्देशन दिनुभएको छ । शनिबार नेपाल कम्युनिष्ट पर्टी एमाले इन्द्रसरोवर गाउँ कमिटी बिस्तार तथा अगुवा कार्यकर्ता भेलालाई सम्बोधन गर्नुहुँदै नेता खुलालले पार्टीलाई सुदृढ बनाउँदै संगठन विस्तारको काममा लाग्न र सोहि अनुसारको कृयाकलाप गर्न कार्यकर्तालाई निर्देशन गर्नुभएको हो ।

पार्टीलाई बलियो बनाउन स्थानिय स्तरका कार्यक्रताको हात रहेकोले जनताको मन दुख्ने गरि कुनै पनि क्रियाकलाप नगर्न कार्यक्रतालाई नेता खुलालले निर्देशन दिनुभएको छ । एमाले पार्टी विधि बिधान प्रणाली अनुसार संचालन हुने भएकोले त्यसै अनुसार काम गर्न कार्यकर्तालाई आग्रह गर्नुभयो । नेता खुलालले नेकपा एमाले बाट नेकपा एकीकृत समाजवादी पार्टीमा सनाखत गरेका जनप्रतिनिधि तथा कार्यक्रतालाई एमालेमा फर्कन आग्रह गर्नुहुँदै, स्थानिय तहहरुमा संगठन विस्तारसंगै जनमानसमा नेकपा एमाले पार्टीले गरेका कामहरुको बारेमा जनाकारी गराउने कार्यमा लाग्न कार्यकर्तालाई निर्देशन दिनुभयो । उहाँले नेकपा एमाले केपी शर्मा ओली नेतृत्वको सरकारले राष्ट्र र राष्ट्रियताको हितमा धेरै राम्रो काम गरेकाले सबै कुरा जनतालाई थाहाँ हुने गरी परिचालन हुन आग्रह गर्नुभयो ।

कार्यक्रममा नेकपा एमाले बागमती प्रदेश कमिटी सदस्य सुवाषचन्द्र ठकुरीले केपी ओली नेतृत्वको सरकारले गरेको कामका कारण जनतामा आशा पलाएको बताउनुभयो । केपी ओली सरकारले गरेका राम्रा काम र लोकप्रियताकै कारण देशी विदेशी शक्तिहरुले षडयन्त्र गरेर सरकार परिर्वतन गरेको उहाँको भनाई थियो । उहाँले जनताले एमालेले गरेको कामको मुल्याङ्कन गर्ने भन्दै आगामी चुनावमा अदालतले नभई जनताले भोट हाल्ने हुँदा एमालेको बहुमतको सरकार बन्ने दावि समेत गर्नुभयो ।

कार्यक्रममा एमाले मकवानपुरका अध्यक्ष बद्री लम्सालले पार्टी सुदृढीकरण सङै, रचनात्मक काममा लग्न निर्देशन कार्यकर्तालाई निर्देशन दिनुभयो । जिल्ला सचिव एकालाल श्रेष्ठले जनताको भविष्य एमाले संगै भएकै कारण जनता एमाले सङ रहेको र देशभरी एमालेमा प्रवेश गर्नेहरुको लहर नै चलेको बताउनुभयो ।

ईन्द्र सरोवर गाउँपालिका कमिटीका अध्यक्ष डिके पुडासैनीको अध्यक्षतामा भएको कार्यक्रममा एमाले नेतृ एवम् ईन्द्रसरोवर गाउँपालिकाका उपाध्यक्ष उमा लामाले स्वागत मन्त्व्य व्यक्त गर्नुभएको थियो । बैठकमा विशेष सर्कुलरका बारेमा जानकारी दिनुका साथै १५१ सदस्य एमाले इन्द्रसरोवर गाउँ अभिवेशन आयोजक कमिटी गठन गरिएको छ । डिके पुडासैनीको संयोजक्त्वमा गठित कमिटीको सह संयोजकमा प्रताप लामा सह र सचिवमा ऋषिराज पुडासैनी रहनुभएको छ । बैठकले पालिकाभित्र पार्टीको कामलाई सुदृढ बनाउन वडा कमिटीका बैठक, पार्टी सदस्य नवीकरण, नयाँ पार्टी सदस्य वितरण, कमिटी पुनर्गठन, विस्तार, प्रशिक्षणसम्बन्धी विभिन्न कार्ययोजना तयार गरेको छ । त्यस्तै आगामी कार्तिक ६ गते वडा कमिटी, ९ गते गाउँ कमिटी अधिवेशन गर्ने निर्णय समेत बैठकले गरेको छ । बैठकमा जिल्ला किमिटी हेटौंडा उपमहानगरपालिका कमिटी, गाउँ कमिटीका कार्यकर्ताहरुको उपस्थिती थियो ।