मकवानपुर – नेकपा (एमाले) हेटौंडा उपमहानगरपालिका कमिटीको बैठक शुक्रबार सम्पन्न भएको छ । २०७५ जेठ २ को संरचनामा तत्कालिन नेकपा एमाले हेटौँडा उपमहानगर कमिटी संयोजक गोपाल बहादुर श्रेष्ठको अध्यक्षता एवम् पार्टी केन्द्रिय सदस्य तथा बागमती प्रदेशका निबर्तमान मुख्यमन्त्री डोरमणि पौडेलको प्रमुख आथित्यतामा बैठक सम्पन्न भएको हो ।

बैठकलाइ सम्बाेधन गर्नुहुँदै प्रमुख अतिथि पौडेलले पार्टी सुदुढिकरणसंगै सांगठनीक रुपमा बलियो बनाउने तर्फ ध्यान केन्द्रित गर्न आग्रह गर्नुभयो । उहाँले संगठनलाई अझै मजबुत बनाउनु पर्ने र एमाले सरकारले गरेका कामहरुलाई जनतासम्म पु¥याउने तर्फ ध्यान केन्द्रित गर्न आग्रह गर्नुभयो । उहाँले अब हाम्रो पार्टी नेकपा एमाले अझ बलियो भएर जाने भन्दै केपी ओलीको विकल्प अरु हुनै नसक्ने तथा एमालेले बाहेक अरुबाट समृद्धि र विकासको आशा नरहेको बताउनुभयो । अहिलेको गठबन्धनले सरकाराई समेत पुर्णता दिन नसकेको भन्दै विकास र समृद्धिको आशा गर्ने आधार नभएको उहाँको भनाई थियो । उहाँले अब योजनाबद्ध रुपमा पहिला भन्दा गुणात्मक ढङ्गले अघि बडन र पार्टी बलियो बनाउने तर्फ लाग्न निर्देशन गनुर््भयो ।

बैठकमा एमाले केन्द्रिय सदस्य एवम् मकवानपुर ईन्चार्ज रामेश्वर रानाले आगामी स्थानीय तहको र संघीय निर्वाचनलाई केन्द्रमा राखेर संगठन र जनपरिचालनका लागि सबैले सक्रियता पुर्वक लाग्नुपर्नेमा जोड दिनुभयो । त्यस्तै एमाले बागमती प्रदेश कमिटी सदस्य एवम् जिल्ला समन्वय समिति मकवानपुरका प्रमुख रघुनाथ खुलालले एमाले बाहेक अरु कसैले न्याय, समानता र समृद्धिका लागि उद्देश्यमूलकरुपमा काम गर्न नसक्ने बताउनुभयो । उहाँले बलियो र विचारयुक्त एमाले बनाउने योजनासहित काम गर्नुपर्ने बेला भएकोमा जोड दिनुभयाे ।

नेकपा एमाले केन्द्रिय अपानी, १० बुँदे सहमति, जिल्ला सकुर्लर अनुसार बैठक बसेर विभिन्न निर्णय गरेको छ । बैठकले २०७७ साल माघ १० गतेको भेलाबाट अध्यक्ष शालिकराम पुडासैनी र सचिवमा बोलबाहादुर कार्की सहितको २५१ सदस्य नगर कमिटी र ६५ सदस्य सचिवालय सदस्य रहने गरि गठित नगर किमटीलाई अनुमोदन गर्नुका साथै तत्पश्चात भएका विभिन्न निर्णयलाई समेत अनुमोदन गरेको छ ।

यस्तै बैठकले नगर भीत्रका १९ वटै वडाको बैठक आगामी ५ गतेसम्म पार्टी सदस्यता नविकरण, लूबी शुल्क, आगामी १० गते भित्र उपमहानगर कमिटीमा बुझाउन साथै नयाँ पार्टी सदस्यको सिफारीस गर्न निर्देशन गरेको छ । बैठकले नगरभित्र पार्टीको कामलाई सुदृढ बनाउन वडा कमिटीका बैठक, पार्टी सदस्य नवीकरण, नयाँ पार्टी सदस्य वितरण, कमिटी पुनर्गठन, विस्तार, प्रशिक्षणसम्बन्धी विभिन्न कार्ययोजना तयार गरेको नगर कमिटी सचिव बोलबहादुर कार्कीले जानकारी दिनुभयो । बैठकमा जिल्ला कमिटीका अध्यक्ष बद्रिप्रसाद लम्साल, सचिव एकालाल श्रेष्ठ, सहसचिव लालबहादुर थापालगायत जिल्ला कमिटीका सदस्यहरु, नगरकमटिकिा सदस्यहरुको उपस्थिी थियो ।

