मकवानपुर – हेटौंडा उपमहानगरपालिका वडा नम्बर–९ स्थित महिला जागरण समुहको आयोजनामा शनिबार सरसफाई कार्यक्रम आयोजना गरिएको छ । समुहको आयोजनामा हेटौंडा–९ स्थित गुम्बाचोक परिषरमा सरसफाईसंगै सचेतनामुलक कार्यक्रम आयोजना गरिएको हो ।

May be an image of 3 people, people standing, outdoors and tree

कोभिड–१९ रोकथाम तथा नियन्त्रण एवम् सरसफाई गर्ने उदेश्यका साथ हेटौंडा–९ का २४ वटा टोल बिकास संस्थालगायत अन्य विभिन्न संघसंस्थाको सहभागितामा विशेष सरसफाइ जनचेतना मुलक कार्यक्रम आयोजना गरिएको हो । कार्यक्रम अन्तरगत गुम्बाचोक, मेन रोडलगायत वरिपरि सरसफाई गरिनुका साथै व्यवसायिहरुलाई आफ्नो पसल वरिपरि फोहर नगर्न सर सरसफाई गर्न अनुरोध गरिएको समुहकी सचिव मेनुका पराजुलीले जानकारी दिनुभयो । समुहकि अध्यक्ष लक्ष्मि धमलाकाे अध्यक्षतामा भएकाे कार्यक्रममा हेटौंडा उपमहानगरपालिकाकी उपमेयर मिना लामा, ९ नम्बर वडाअध्यक्ष लक्ष्मण प्रसाद भण्डारीलगायतको सहभागिता थियो ।