हेटौंडा । बागमती प्रदेशको राजधानी हेटौँडामा अकुपन्चर चिकित्सा सेवा सुदृढीकरण प्रवर्द्धनका लागि सरोकारवालाहरूसँग प्रदेश स्तरीय गोष्ठी सम्पन्न भएको छ । आयुर्वेद तथा वैकल्पिक चिकित्सा विभाग टेकु, काठमाडौँको आयोजनामा हेटौँडास्थित होटल सामनामा कार्यक्रम भएको हो ।
आयुर्वेद तथा चिकित्सा विभागका वरिष्ठ कन्सल्ट्यान्ट आयुर्वेदविज्ञ डा मुनकर्ण थापाको अध्यक्षता रहेको गोष्ठीमा बागमती प्रदेशका स्वास्थ्य मन्त्री निमा लामाको प्रमुख आतिथ्य रहेको थियो ।कार्यक्रममा बागमती प्रदेश स्वास्थ्य मन्त्रालयका सचिव, स्वास्थ्य निर्देशनालयका निर्देशक लगायत बागमती प्रदेशका जिल्ला सदरमुकामस्थित पालिकाहरूका स्वास्थ्य शाखा प्रमुखहरूको सहभागिता रहेको थियो ।











