हेटौंडा – बागमती प्रदेश सरकारका मन्त्रालय र मातहतका कार्यालयमा प्रबिधिका माध्यमले काम गर्ने परिपाटीको विकास भएको छ । नागरिक र सरकारकै कर्मचारी समेतलाई समेत बिभिन्न सफ्टवयरका माध्यमले काम गर्नका लागि सहजता भएको हो । हिजो मात्र बागमती प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलले दुइवटा प्रबिधिको उद्घाटन् गर्नुभयो ।
यसअघि पनि धेरै खालका प्रबिधि भित्रिएका छन् । त्यसका माध्यमले कामको सुरुवात भएको छ । हिजो भौतिक पूर्वाधार मन्त्तालयले सवारी साधनहरुको अनलाइन प्रविधिबाट भुक्तानी गर्न तयार गरिएको यातायात व्यवस्थापन सूचना प्रणालीको उद्‍घाटन गर्नुभयो । त्यस लगतै मुख्यमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालय र मातहतका मन्त्रालय र कार्यालयहरुले गर्ने योजना र खर्चका विषयमा माथिल्लो निकायले तत्काल हेर्न सक्नेगरी तयार पारिएको सफ्टवयर बीपीपीएमआइएसको पनि मुख्यमन्त्री पौडेलले शुभारम्भ गर्नुभयो ।
प्रबिधिका माध्यमले सरकारी निकायमा काम गर्दा धेरै जनाको जनसक्तिले गर्ने काम एकै जनाले गर्न सक्ने र सेवाग्राहीलाई पनि सहज हुने गरेको छ । प्रबिधिका माध्यमले प्रदेश सरकारका मन्त्रालय र मातहतका कार्यालयमा काम गर्नका लागि दक्ष जनसक्ति नहुँदा भने समस्या हुने गरेको मुख्यमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालयका कर्मचारीहरु वताउँछन् । बागमती प्रदेशमा हिजोबाट सवारीका साधनको भुक्तानी गर्न कार्यालय सम्म धाउनुपर्ने सेवाग्राहीको बाध्यता हटेको छ । आफु रहेकै स्थानबाट बिधुतिय सेवा मार्फत सवारीका साधनको कर प्रदेश सरकालाई तिर्न सहज भएको छ ।
प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलले भौतिक योजना मन्त्तालयले सवारी साधनहरुको अनलाइन प्रविधिबाट भुक्तानी गर्न तयार गरिएको यातायात व्यवस्थापन सूचना प्रणालीको उद्‍घाटन गर्नुभयो । उद्‍घाटन कार्यक्रममा मुख्यमन्त्री पौडेलले हेटौंडाका सेवाग्राही चिन्तामणि फुयाँलको मोटरसाइकलको राजश्व उक्त प्रणालीमार्फत् तिर्नु भएको थियो । सरकारले विद्युतीय माध्यमबाट यातायात क्षेत्रको सेवा प्रवाह तथा राजस्व भुक्तानी नियमावली, २०७८ जारी गरी यातायात व्यवस्था सूचना प्रणाली ट्रान्सपोर्टेसन म्यानेजमेन्ट इन्फरमेशन सिस्टम (टीएमआइएस) शुक्रवारदेखि कार्यान्वयनमा ल्याएको छ। यस प्रणाली कार्यान्वयनमा ल्याउने बागमती पहिलो प्रदेश हो।