हेटौंडा – बागमती प्रदेशको राजधानी हेटौंडामा आइतबार म्युजिक थेरापी सम्पन्न भएको छ । संविधान दिवस २०७८ को अवसरमा प्रदेशको आन्तरिक मामिला तथा कानुन मन्त्रालयको आयोजनामा भएको म्युजिकल थेरापी बागमती प्रदेश प्रहरी ब्यान्ड गुल्म हेटौंडाले प्रस्तुती गरेको थियो ।

तनावबाट मुक्त हुन म्युजिकल थेरापी आयोजना गरिएको बागमती प्रदेश प्रहरी कार्यालय हेटौंडाका प्रहरी निरीक्षक रोशन थापाले जानकारी दिनुभयो । कार्यक्रममा हेटौंडा उपमहानगरपालिकाका मेयर हरिबहादुर महत लगायत सयौ सर्वसाधारणको उपस्थिति रहेको थियो ।