हेटौंडा । सडक डिभिजन कार्यालय हेटौंडाले हेटौंडा उपमहानगरपालिका क्षेत्रको मुख्य बजार क्षेत्रको राजमार्ग क्षेत्रमा परेका संरचना हटाउन सूचना प्रकाशित गरेको छ । कार्यालयले आज सूचना प्रकाशन गरेर पूर्व पश्चिम महेन्द्र राजमार्ग अन्तरगत हेटौंडाको रातोमाटेदेखि बुद्धचोक हुँदै राप्तीपुलसम्मको संरचना हटाउन सूचना प्रकाशित गरिएको हो ।
कर्यालयले यसअघि पनि हरेक वर्ष हेटौंडा बजार क्षेत्रका संरचना भत्काउने भनेरसूचना प्रकाशित गरेको भएपनि भत्काउन भने सकेको थिएन । हरेक वर्ष सडक डिभिजन कार्यालयले राजमार्ग क्षेत्रका संरचना भत्काउनका लागि सूचना जारी गर्ने र आन्दोलनका कारण रोकिँदै आएको छ ।
हेर्नुहोस्, सडक डिभिजन कार्यालयको सूचना ।
