मकवानपुर । मनहरी गाउँपालिकाको वडा नं ३ मा नेकपा एमालेका उम्मेदवारहरुले घरदैलो गरेका छन् । ३० बैशाखमा हुन लागेको स्थानीय तह निर्वाचन केन्द्रित घरदैलो अभियान अन्तर्गत् गाउँपालिका अध्यक्षका उम्मेदवार एकराज उप्रेती, उपाध्यक्षका उम्मेदवार सुजिता थिङ सहितको टोली वडा नम्बर ३ मा पुगेको हो ।

No description available.

गत २०७४ को स्थानीय चुनावमा नेकपा एमालेबाट वडाध्यक्षमा निर्वाचित स्वर्गीय मानबहादुर स्याङतानको तस्वीरमा माल्यार्पण गरी घरदैलो सुरु गरिएको अध्यक्ष उम्मेदवार उप्रेतीले जानकारी दिए । क्यान्सर रोगबाट पीडित स्याङतानको २०७७ जेठमा निधन भएको थियो । वडा नम्बर ३ का अधिकांश जनताका घरमा पुगी मत अपिल गरिएको उप्रेतीले बताए । एमालेले मनहरी–३ को अध्यक्षमा मानबहादुर बल, सदस्यहरुमा वीरबहादुर राई, पुनम ढकाल, गणेशबहादुर रेग्मी र उमा कुमारी नेपालीलाई उम्मेदवार बनाएको छ ।