मकवानपुर – राष्ट्रिय प्रजातन्त्र पार्टी राप्रपाका अध्यक्ष कमल थापाले मुलुकमा ब्याप्त बिकृती र बेथितिको अन्त्य चाहने हो भने अब जनताको रोजाई राप्रपा हुनुपर्ने बताउनुभएको छ । सोमबार मकवानपुरको बकैया गाउँपालिका–४ जुरेली स्थित कार्यकर्ता भेटघाट कार्यक्रममा अध्यक्ष थापाले कांगेस र कम्युनिस्टको असफलता, भ्रस्टाचार र कुशासनको भण्डाफोर गर्दै जनता माझ जानुपर्ने धारणा राख्नुभयो ।
अध्यक्ष थापाले स्थानिय निकायको निर्बाचनको तयारी तिब्र पार्न कार्यकर्ताहरुलाई निर्देशन समेत दिनुभयो । स्थानिय निकायको निर्बाचनको तयारी तिब्र पार्न कार्यकर्ताहरुलाई निर्देशन दिन्ह्ँदै उहाँले संगठन सुदृढीकरण र सकृय सदस्यता बितरण अभियान र जनताको सुखदुखमा साथै रहने कामलाई उच्चप्राथमिकतासाथ अघि बढाउन आग्रह गर्नुभयो । महाधिवेशन केन्द्रित हुँदै महाधिवेशन पश्चात पार्टीलाई राष्ट्रिय राजनितिको मुल धारमा ल्याउन सबैले उच्च मनोबलका साथ काम गर्नुपर्ने अध्यक्ष थापाको भनाई थियो ।
कार्यक्रममा राप्रपा कार्य सम्पादन समितिका सदस्य राजाराम बर्तौला, मकवानपुर अध्यक्ष गुरु प्रसाद सापकोटा , जिल्ला सदस्य अर्जुन तिमिल्सिना बकैया गाउँ कमिटी अध्यक्ष राजाराम अर्याल,महिला नेतृ लक्ष्मि जिम्बा ,गोबर्दन गौतम लगायतको उपस्थिति रहेको थियो ।
Home प्रदेश बागमती प्रदेश बिकृती र बेथितिको अन्त्यका लागि जनताको रोजाई राप्रपा हुनुपर्छ – अध्यक्ष थापा











