मकवानपुर – नेकपा एमाले मकवानपुरका कार्यकर्ताहरुले एमाले नेता माधव नेपाल र विरोध खतिवडाको पुत्ला दहन गरेका छन् । हेटौंडाको बुद्धचोकमा सोमबार साँझ कार्यकर्ताहरुले नेता नेपाल र खतिवडाको पुत्ला दहन गरेका हुन् ।

एमाले नेता नेपाल र खतिवडा सहित २२ जना एमाले सांसदहरुले नेपाली कांग्रेसका सभापति एवं संसदीय दलका नेता शेरबहादुर देउवालाई आईताबर प्रधानमन्त्रीको रूपमा विश्वासको मत दिएको विरोधमा कार्यकर्ताहरुले प्रदर्शन गरेका हुन् । कार्यकर्ताहरुले नेपाल र खतिवडाविरूद्ध नारावाजी समेत गरेका थिए । उनीहरुले “नेकपा एमाले जिन्दावाद ,केपी ओली जिन्दावाद , माधव नेपाल मुर्दावाद , विरोध खतिवडा मुर्दावाद” लगाएतका नारा लगाएका थिए ।