मकवानपुर – मकवानपुर प्रहरीले सोमबार अवैध लागूऔषध अफिमसहित एकजनालाई पक्राउ गरेको छ । हेटौंडा–२ संगमचोकबाट ५ किलो ७५० ग्राम अफिम जस्तो देखिने कालो पदार्थसहित मकवानपुरको बकैयाका गाउँपालिकाका एक युवकलाई पक्राउ गरेको हो ।
लागूऔषध नियन्त्रण व्युरो कोटेश्वर काठमाडौंबाट प्रहरी नायब उपरीक्षक योगेन्द्र कुमार खड्काको नेतृत्वमा रहेको प्रहरी टोली र जिल्ला प्रहरी कार्यालय मकवानपुरको समन्वयमा परिचालित प्रहरीले बकैया गाउँपालिका–५ राजदमारका ४४ वर्षीय रत्न ब्लोनलाई पक्राउ गरेको प्रहरीेले जनाएको छ । ब्लोनलाई व्युरोको टोली र जिप्रकाको टोलीले सूचनाको आधारमा संगमचोकमा हिँडिरहेका बेला पक्राउ गरी खानतलासी गर्दा झोलामा अफिम जस्तो देखिने कालो पदार्थ फेला पारी नियन्त्रणमा लिई अनुसन्धान थालेको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी नायब उपीरक्षक जयश्वर रिमालले जानकारी दिनुभयो । पक्राउ परेका ब्लोनलाई जिल्ला प्रहरी कार्यालय मकवानपुरमा राखिएको र उनी माथि आवश्यक अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी नायब उपरीक्षक रिमालले जानकारी दिनुभयो ।