मकवानपुर – मकवानपुरमा पछिल्लो २४ घण्टामा थप ७४ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । पछिल्लो २४ घण्टामा १ सय २६ जनामा गरिएको पिसिआर परीक्षणमा ४१ जना र १ सय ८५ जनामा गरिएको एन्टीजेन परीक्षणमा थप ३३ जना गरी थप ७४ जनामा कोरोना पुष्टि भएको स्वास्थ्य कार्यलय मकवानपुरले जनाएको छ ।
त्यसैगरि पछिल्लो २४ घण्टामा थप ६० जनाले कोरोना संक्रमणमुक्त भएका छन् । स्वास्थ्य कार्यालय मकवानपुरले उपलब्ध गराएको तथ्याङ्क अनुसार पछिल्लो २४ घण्टामा विभिन्न मितिमा कोरोना पुष्टि भइ होम तथा संस्थागत आइशोलेसनमा रहेका ६० जनाकारोना सङ्क्रमणमुक्त भएका हुन । जिल्लामा हाल ६ सय ३७ जना सक्रिय संक्रमित उपचाररत रहेकामा ५ सय ७५ जना होम आइसोलेसनमा र ६२ जना संस्थागत आइसोलेसनमा उपचाररत रहेको कार्यालयले जनाएको छ ।