मकवानपुर – सर्वोच्च अदालतको फैसला विरुद्ध हेटौंडामा युवाहरुले प्रदर्शन गरेका छन् । हेटौंडाको बुद्धचोकमा नेकपा एमालेको भातृ संगठनका युवाहरुले प्रदर्शन गरेको हुन् ।
सर्वोच्च अदालतले आज प्रतिनिधिसभाको पुनःस्थापना र प्रधानमन्त्रीमा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई नियुक्त गर्न परामदेश जारी गरेपछि एमाले निकट युवाहरुले विरोध प्रदर्शन गरेका हुन् । एमाले निकट अनेरास्ववियु, युवा संघ, अनेमसंघ, खेलखुद महासंघलगाएत भातृ संगठनहरुले विरोध प्रदर्शन गरेका हुन् । उनिहरुले बहुदलीय व्यवस्था जोगाउन सर्वोच्च अदालतको फैसला विरुद्ध प्रदर्शन गर्नु परेको बताएका छन् । निर्दलीय व्यवस्था चाहिँदैन लोकतन्त्र मास्न पाइदैन, संवैधानिक सर्वोच्चता कायम गर, प्रतिगामी फैसला मुर्दावादलगायतका नारा लगाएका थिए । युवाहरुले सर्वोच्च अदालतले प्रतिनिधिसभाको पुनःस्थापना र प्रधानमन्त्रीमा देउवालाई नियुक्त गर्न परामदेश जारी गरेको फैसलालाई समेत जलाएका थिए ।