काठमाडौँ – साविक विजेता ब्राजिल दक्षिण अमेरिकी फूटबल प्रतियोगिता कोपा अमेरिकाको फाइनलमा प्रवेश गरेको छ । आज बिहान सम्पन्न पहिलो सेमिफाइनलमा पेरुलाई १–० गोलले हराउँदै आयोजक ब्राजिल उपाधि नजिक पुगेको हो । जारी प्रतियोगितामा अपराजित ब्राजिलका लागि लुकास पाक्वेटाको एकमात्र गोल नै निर्णाय रह्यो । रियो द जेनेरियोमा ३५औं मिनेटमा लुकासले नेयमारको पासमा गोल गर्न सफल भए । भोलि बिहान दोस्रो सेमीफाइनलमा अर्जेन्टिना र कोलम्बियाबीच प्रतिस्पर्धा हुनेछ ।