रबिना टन्डन र गोबिन्दाको जोडी बलिउडको उत्कृष्ट जोडीमध्येको एक मानिन्छ । रबिना र गोबिन्दाको जोडीले थुप्रै फिल्ममा धमाका मच्चाइसकेका छन् । अब यो जोडी चाँडै नै पुनः सँगै देखिँदैछन् । रबिननले आफ्नो इन्स्टाग्रामा यसबारे जानकारी दिएकी हुन् । आफ्नो र गोबिन्दाका केही तस्बिर सेयर गरेकी छिन् । जहाँ रबिना गोबिन्दासँग काम गर्नेबारे कुरा गरिरहेकी छिन् । रबिना सोशल मिडियामा निकै सक्रिय छिन् ।आफ्नो सोसल मिडिया अकाउन्टमा गोबिन्दासँग तस्बिर सेयर गर्दै रबिना लेख्छिन्, ‘ग्रान्ड रियूनियन।।। हामी पुनः स्क्रिनमा सँगै देखिनेछौं तर कहिले ? कहाँ र कसरी ? बस् चाँडै आउँदैछौं ।’रबिनाको यो घोषणापछि प्रशंसकको मेसेजको बाढी आएको छ । प्रशंसकले यो नयाँ प्रोजेक्टको विवरणलाई व्यग्रताका साथ प्रतीक्षा गरिरहेका छन् । यसका साथै थुप्रै बलिउड सेलिब्रिटीले पनि यो खबरमा खुसी व्यक्त गरेर कमेन्ट गरेका छन् । स्मरण रहोस्, रबिना–गोबिन्दाको जोडीले ‘बडे मियां–छोटे मियां, दुल्हे राजा, अंखियों से गोली मारे, राजा जी, आन्टी नम्बर वान’ जस्ता थुप्रै हिट फिल्म छन् ।