हेटौंडा- मकवानपुरमा थप ६७ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । पछिल्लो २४ घण्टामा १ सय ४० जनामा गरिएको परीक्षणमा थप ६७ जनामा कोरोना पुष्टि भएको हो । यो संगै मकवानपुरमा हाल सक्रिय संक्रमितको संख्या १ हजार १३० जना पुगेका छन् । मकवानपुरमा हालसम्म १० हजार ९२ जनामा कोरोना पुष्टि हुँदा ८ हजार ८३५ जना संक्रमण मुक्त भएको स्वास्थ्य कार्यलय मकवानपुरले जनाएको छ । आज जिल्लामा १ सय ६२ जना संक्रमण मुक्त भएका थिए । जिल्लामा हालसम्म कोरोनाको कारण १ सय १३ जनाले ज्यान गुमाएका छन् । पछिल्लो २४ घण्टामा जिल्लामा कोरोनाको कारण मृत्यु हुनेको संख्या शुन्य रहेको छ ।