शेयर बजार परिसूचक नेप्से मङ्गलवार ९आज० पनि सामान्य घटेको छ । हिजो ५२ अङ्कभन्दा धेरैले घटेको नेप्से परिसूचक आज पनि १ दशमलव २९ अङ्कले घटेर दुई हजार नौ सय ६८ दशमलव ४३ अङ्कमा झरेको नेपाल स्टक एक्सचेन्ज लिमिटेडले जनाएको छ । नेपाल धितोपत्र बोर्डले जोखिमयुक्त ५१ वटा कम्पनीको सूची सार्वजनिक गरेसँगै शेयर बजारमा कारोबार ह्वात्तै घट्न थालेको छ ।
आज नेप्से परिसूचक मात्रै नभइ कारोबार रकम पनि घटेको छ । आज १० अर्ब ९० करोड रुपैयाँ बराबरका दुई करोड तीन लाख ७५ हजार कित्ता शेयर किनबेच भएको छ । हिजो १५ अर्ब ४५ करोड रुपैयाँ बराबरको दुई करोड ८२ लाख कित्ता शेयर कारोबार भएको थियो । आज नेपाल रिइन्स्योरेन्स कम्पनी लिमिटेडको सबैभन्दा धेरै ७७ करोड ३७ लाख रुपैयाँ बराबरको शेयर कारोबार भएको छ । यस्तै नेशनल हाइड्रोपावर कम्पनी लिमिटेडको ३० करोड रुपैयाँभन्दा धेरैको शेयर कारोबार भएको छ । बजार घटे पनि खानीखोला हाइड्रोपावर कम्पनी लिमिटेडको शेयर मूल्य ७ दशमलव ४२ प्रतिशतले बढेको छ । सीएचडीसी कम्पनीको शेयर मूल्य भने साढे ६ प्रतिशतले घटेको छ ।