हेटौंडा– संविधान दिवश तथा राष्ट्रिय दिवश–२०७६ यो वर्ष गाउँ गाउँमा मनाईएको छ । सुगम देखि बिकट सम्मका सम्पुर्ण नेपालीले यो वर्ष संविधान दिवशलाई हर्सोउल्लासका साथ मनाएका छन् । नेपालका अतिविपन्न चेपाङ परिवारले सम्भवतः पहिलो पटक यो वर्ष संविधान दिवस मनाएका हुन् ।

दीगो विकासका लागि एकता नेपाल र लिसा हिमालयले राक्सिराङ–७ स्थित श्री आधारभुत विद्यालयमा विभिन्न विद्यालयबाट आएका बालबालिकाका लागि संविधानबारे अभिमुखीकरण गराएको हो । मकवानपुरको विकट चेपाङ बस्तीका विद्यालयमा अध्ययनरत् बालबालिकाका लागि संविधान दिवसको अवसरमा नेपालको संविधान–२०७२ बारे जानकारी दिने प्रयास गरिएको हो । चेपाङ बस्तीमा संविधानको मर्म र यसले गरेका व्यवस्थाबारे जानकारी गराउन अभिमुखीकरण लगायतका क्रियाकलापहरु गरिएको हो ।

अभिमुखीकरणपछि स्थानीय जुरेथुम बालक्लबको आयोजनामा आधारभुत तहको वक्तृत्वकला प्रतियोगिता गरिएको थियो । कार्यक्रममा वडा–६, ७ र ८ का १२ विद्यार्थी सहभागी भएकोमा जुरेथुम आधारभुत विद्यालयकी ख्रीष्टिना मुक्तान प्रथम, राष्ट्रिय मावि सिलिंगेका निराजन चेपाङ द्वितीय र जुरेथुम आधारभुत विद्यालयकी सुनिता थिङ र राष्ट्रिय आधारभुत विद्यालय जुरेथुमका प्रेमबहादुर चेपाङ तृतीय भएका थिए ।

विजयीलाई राक्सिराङ–७ का अध्यक्ष कुलबहादुर चेपाङले पुरस्कार र प्रमाणपत्र बितरण गर्नुभएको थियो । कार्यक्रमअघि विद्यार्थी, जनप्रतिनिधि, शिक्षक, गैरसरकारी संस्थाकर्मी सम्मिलित ¥याली निकालिएको लिसा हिमालय इभीका कार्यक्रम निर्देशक अञ्जन प्रसाद पौडेलले जानकारी दिनुभयो । ती वडा चेपाङ र तामाङ समुदायको बाहुल्य रहेको वडा हुन् । यो वर्ष जिल्लामा प्रदेश स्तरमा र मकवानपुरका अन्य स्थानीय तहहरुले आ–आफ्नै स्थानीय तहहरुमा सरकारको उपस्थिती हुने गरि संविधान दिवश मनाएका छन् ।