हेटौंडा– जिल्ला समन्वय समिति मकवानपुरका प्रमुख एवम् प्रदेश स्तरीय संविधान दिवश मुल समारोह अन्तरगत राजनीतिक दल, समन्वय तथा जनपरिचालन उपसमितिका संयोजक रघुनाथ खुलालले संविधन दिवशको कार्यक्रममा सहभागि सबैलाई धन्यवाद व्यक्त गर्नुभएको छ । दिवशको उपलक्षयमा प्रदेशको राजधानी हेटौंडामा शुक्रबार बिहान आयोजित विषेश ¥यालीमा सहभागि सम्पुर्णलाई धन्वाद व्यक्त गर्नुभएको हो । प्रमुख खुलालले ¥यालीलाई सफल बनाउन सहभागि हुनुहुने सम्पुर्ण जन प्रतिनिधि, राजनीतिक दल, कर्मचारी, गैरसरकारी संघ÷संस्था, उद्योगी व्यवसायि, निजि क्षेत्र, विभिन्न ट्रेड युनियन, टोविकास संस्था, विद्यालय, विद्यार्थी, विभिन्न जातजाती तथा धर्म सम्प्रदाय सम्प्ुर्णलाई धन्यवाद व्यक्त गर्नुभएको हो । प्रमुख खुलालले आगामि दिनमा समेत यस्तै साथ र सहयोगको आशा समेत व्यक्त गर्नुभएको छ ।