हेटौंडा– मकवानपुरगढी गाउँपालिका–४ स्थित मनकामना डाँडामा शुक्रबार नेपालको झन्डा फहराईएको छ । संविधान दिवश तथा राष्ट्रिय दिवशका अवसरमा गाउँपालिकाले हेटौंडा बजारबाटै देखिने गरि नेपालको झन्डा राखिएको छ ।

संविधान प्रतिको सम्मान तथा पर्यटन प्रबद्धनमा समेत टेवा पुग्ने उदेश्यका साथ मनकामना मन्दिर नजिकै हेटौंडा बजारबाटै देखिने ठुलो आकारको झन्डा राखिएको छ ।

गढी दरवार र वडा कार्यालयहरुमा पनि झण्डात्तोलन गरिएको गढी गाउँपालिकाका अध्यक्ष बिदुर हुमागाईले वताउनुभयो ।

संबिधान दिवसका अवसरमा गढी दरबारको पहिलेको झण्डा फेरीएको तथा गाउँपालिकाका एवम् वडा कार्यालयहरुमा झन्डा राखिएको अध्यक्ष हुमागाईले वताउनुभयो ।