मकवानपुरमा कोरोनाका कारण एक जनाको निधन भएको छ । परिक्षणको क्रममा थप ७५ जनामा संक्रमण पुष्टि भएको छ । मकवानपुरमा पछिल्लो २४ घण्टामा थप ७५ जनामा कोराना पुष्टि भएको छ । पिसिआर परीक्षणबाट ९० जनाको परिक्षण गर्दा २८ जना र एन्टीजेन परीक्षणबाट ९३ जनाको परिक्षण गर्दा ४७ जना गरी थप ७५ जनामा कोराना पुष्टि भएको हो ।
जिल्ला स्वास्थ्य कार्यालय मकवानपुरका अनुसार जिल्लामा कोरोना पुष्टि हुनेको संख्या ९ हजार ९ सय २४ पुगेको छ । हाल जिल्लामा १ हजार ३ सय ४५ जना सक्रिय संक्रमित उपचाररत रहेका छन् । त्यस्तै मकवानपुरमा कोरोना संक्रमण हुने भन्दा निको हुनेको संख्या धेरै रहेको छ । पछिल्लो २४ घण्टामा जिल्लामा थप १ सय ५८ जनाले कोरोना जितेका छन् । स्वास्थ्य कार्यलय मकवानपुरका अनुसार २४ घण्टामा होमआइसोलेशनबाट १ सय ४७ र संस्थागत आइसोलेसबाट ११ जना गरी थप १ सय ५८ जनाले कोरोना जितेका छन् । यससंग जिल्लामा कोरोना जित्नेको संख्या ८ हजार ४ सय ५२ जना पुगेका छन् । त्यसैगरी पछिल्लो २४ घण्टामा कोरोनाका कारण थप एक जनाको मृत्यु भएका छन् । मृत्यु हुनेमा मनहरी गाउँपालिका एक जनाको मृत्यु भएको जिल्लाको स्वास्थ्य कार्यालयले जनाएको छ । कार्यालयले मृतको बारेमा कुनै जानकारी खुलाएको छैन । जिल्लामा कोरोना कारण हालसम्म १ सय ११ जनाको मृत्यु भइसकेको छ ।