मकवानपुर – मकवानपुरमा कोभिड–१९ को संक्रमण रोकथाम, नियन्त्रण तथा व्यवस्थापनका लागि जारी निषेधाज्ञा एक साताका लागि थपिएको छ । जिल्ला कोभिड व्यवस्थापन समिति र जिल्ला सुरक्षा समितिको आईतबार बसेको बैठकले जिल्लाभित्र संक्रमणको जोखिम यथावत नै रहेको हुँदा निषेधाज्ञा थप गर्न गरेको सिफारसका आधारमा जेठ ३१ गतेसम्म जारी निषेधाज्ञा केहि सहजताका साथ एक साता थप गरेर असाढ ७ गते राती १२ बजेसम्म पु¥याइएको हो ।
जिल्ला प्रशासन कार्यालयका सुचना अधिकारी देवचन्द्र गर्तौलाले यसअघि विहान ४ बजे देखी ९ बजेसम्म खाद्य तथा दैनिक उपभोग्य वस्तुको विक्रीका लागि मात्र पसलहरु खुलाइएकोमा अब मोवाइल, कम्प्युटर व्यवसाय पनि १० बजे सम्म सञ्चालन गरिने छ । गर्तौलाका अनुसार असार १ गतेबाट खाद्यन्न, तरकारी, फलफुल, दुग्धजन्य पसलहरु बिहान १० बजेसम्म सञ्चालन हुने छ । यस बाहेक स्टेस्नरी, मोवाईल, अटो, मोटरसाईकल मर्मत सेन्टर पनि बिहान सोहि समयमा सञ्चालन हुनेछन् । यसअघि हप्तामा ३ दिनमात्र खुल्ने गरेको बैंकहरु अव प्रत्येक दिन बिहान १० बजेबाट २ बजेसम्म सञ्चालन हुनेछ । वित्तिय संस्था, सहकारी पनि खुल्नेछन तर बजारमा पैसा संकलन गर्न भने नपाईने उहाँले बताउनुभयो ।
हेर्नुहोस निर्णय

Aadesh_2078_02_30-1