मकवानपुर – मकवानपुरमा आज थप ८१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । पछिल्लो २४ घण्टामा पिसिआर मार्फत गरिएको परिक्षणमा ३७ तथा पिसिआर मार्फत गरिएको परिक्षणमा ४४ जना गरि ८१ जनामा कोरोना संक्रमण पुष्टि भएको जिल्ला स्वास्थ्य कार्यालय मकवानपुरले जानकारी दिएको छ ।
जिल्ला स्वास्थ्य कार्यालय मकवानपुरले दिएको जानकारी अनुसार पछिल्लो २४ घण्टामा हेटौंडाका ३३ जना, थाहा नगरका ७ जना, मकवानपुरगढीका १ जना, कैलाशका १ जना, मनहरीको ११ जना, भीमफेदी ९ जना, बकैयाँ १ जना र राक्सिराङका १८ जना गरि ८१ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको हो । योसंगै जिल्लामा कोरोना संक्रमितको संख्या ९ हजार ८५१ पुगेको छ ।
त्यस्तै पछिल्लो २४ घण्टामा जिल्लामा २ सय २१ जना कोरोना संक्रमणमुक्त भएका छन् । पछिल्लो २४ घण्टामा होम आइसोलेसनबाट २०२ जना र संस्थागत आइसोलेसनबाट १९ जना गरी २२१ ज्ना संक्रमणमुक्त भएको कार्यालयले जनाएको छ । योसंगै जिल्लामा कोरोना संक्रमण मुक्त हुनेको संख्या ८ हजार ४०५ पुगेको छ । भने, पछिल्लो २४ घण्टामा मकवानपुरमा कोरोना संक्रमणको कारण कसैको पनि ज्यान गएको छैन् ।