हेटाैंडा– नेपालमा आज थप ४ हजार ७ सय ६२ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । १५ हजार ५५ वटा नमुनाको पिसिआर विधिबाट परिक्षण गर्दा ४ हजार १ सय ७८ जना तथा २ हजार ४ सय २५ वटा नमुनाको एन्टीजेन विधिबाट परिक्षण गर्दा ५ सय ८४ जना गरी जम्मा ४ हजार ७ सय ६२ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ । यो सहित अहिलेसम्म कोरोनाबाट संक्रमित हुनेको सङ्ख्या ५ लाख ६१ हजार ३ सय २ पुगेको छ ।
यस्तै पछिल्लो २४ घण्टामा ६ हजार ४ सय ९१ जना कोरोना सङ्क्रमणबाट निको भएर घर फर्किएका छन् । आजसम्मको तथ्याङ्क अनुसार नेपालमा कोरोना भाइरसबाट निको भएको दर ७९ दशमलव ७ प्रतिशत रहेको मन्त्रालयले जनाएको छ । देशभरि आज कोरोना सङ्क्रमणबाट १ सय १४ जनाको मृत्यु भएको मन्त्रालयले जनाएको छ । यस्तै यो सँगै कोरोना सङ्क्रमणबाट मृत्यु हुनेको सङ्ख्या ७ हजार ३ सय ८६ पुगेको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार हाल, नेपालमा १ लाख ६ हजार ४ सय ७० सक्रिय सङ्क्रमितले आइसोलेसनमा रहेर उपचार गराइरहेका छन् ।