काठमाडौँ – राष्ट्रपति बिद्यादेवी भण्डारीले नेपाल सरकार मन्त्रिपरिषद्को सिफारिसमा तीन वटा बजेट अध्यादेशहरू जारी गर्नुभएको छ । राष्ट्रपति नेपालको संविधानको धारा ११४ को उपधारा (१) बमोजिम नेपाल सरकार मन्त्रिपरिषद्को सिफारिसमा आर्थिक अध्यादेश–२०७८, विनियोजन अध्यादेश–२०७८ र राष्ट्र ऋण उठाउने अध्यादेश–२०७८ गरी तीन वटा बजेट अध्यादेशहरू जारी गर्नुभएको राष्ट्रपति कार्यालयका सहायक प्रवक्ता केशव प्रसाद घिमिरेद्वारा जारी विज्ञप्तिमा उल्लेख गरिएको छ । यी अध्यादेश जारी भएसँगै नयाँ बजेटका लागि बाटो खुलेको छ । राष्ट्रपतिबाट अध्यादेश जारीभएसँगै अहिले ४०० बजे अर्थमन्त्री विष्णु पौडेलले बजेट भाषणको तयारी गर्नुभएको छ ।
![](https://sajhasandesh.com/wp-content/uploads/2021/05/1-6-744x1024.jpg)