मकवानपुर– हेटौंडा उपमहानगरपालिका वडा नम्बर ९ स्थित हिमालयन हर्बोष्ट नामक संस्थाले वडामा वितरण गर्ने गरि राहत सामग्री प्रदान गरेको छ । संस्थाले सोमबार ९ नम्बर वडा अध्यक्ष लक्षमण प्रसाद भण्डारीलाई राहत सामग्री हस्तान्तरण गरेको हो ।

कोभिड–१९ का कारण सरकारले जारी गरेको लकडाउनका कारण दैनिक जिवन यापन गर्न कठिनाईमा परेका बिपन्न, मजदुर बर्गलाई वितरण गर्ने गरि राहत सामग्री वडा कार्यालयलाई हस्तान्तरण गरेको छ । संस्थाले एकद्धार प्रणलीबाट वितरण होस भन्ने उदेश्यका साथ वडा अध्यक्ष भण्डारीलाई ३० किलो बराबरको ५० कोरा चामल, १५० केजी नुन, ७० लिटर खाने तेल र एक सय थान मास्क हस्तान्तरण गरेको हो । हेटाैंडा ९ मै कार्यालय रहेकाे संस्थाकाे हिसाबले मानविय कार्यमा सहयाेग पुर्याउने उदेश्यका साथ राहत उपलब्ध गराएकाे जनाएकाे छ । मानविय कार्यमा सहयाेग गर्ने अवसर दिएकाेमा वडा कार्यालयलाइ संसथाले धन्यवाद समेत दिएकाे छ ।

सो अवसरमा वडा अध्यक्ष भण्डारीले संस्थाले गरेको सहयोगका लागि धन्यवाद दिनुभयाे । उहाँले हाल सम्म वडा कार्यालयले ४७८ परिवारलाई राहत उपलब्ध गराएको समेत जानकारी दिनुभयो । अध्यक्ष भण्डारीले वडामा रहेका टोल विकास संस्थाहरु मार्फत बास्तविक समस्यामा परेकाहरुलाई पहिचान गरेर मात्र राहत पवतरण भएको समेत जानाकारी दिनुभयाे । राहत हस्तान्तरण कार्यक्रममा वडा सदस्य सुकराम केसी, हेटौंडा उपमहानगरपालिकाका कानुनी सल्लाहकार मुकुन्द अधिकारी, वडा सल्लाहाकारहरु यदुवंश खतिवडा, आशाकाजी श्रेष्ठ, प्रगती माविका विव्यसका अध्यक्ष बिष्णु मणि अधिकारी, दिव्य ज्योति आधारभुत विद्यालयका प्रधानाध्यापक पुरुषोत्तम आचार्य, वडा सचिव तारा प्रसाद आचार्य तथा संस्थाका बाबु बरगीस, साबित्री भण्डारीलगायतको उपस्थिती थियो ।