मकवानपुर– हेटौंडा उपमहानगरपालिकाले शनिबारबाट जनचेतना फैलाउने र स्वास्थय सुरक्षाको मापदण्ड पालना गराउने सन्र्दभमा अनुगमन सुरु गरेको छ । सो क्रममा शनिबार ९ नम्बर वडामा मेयर हरिबहादुर महतसहित प्रमुख जिल्ला अधिकारी भरतमणि पाण्डे, प्रहरी उपरिक्षक सोमेन्द्रसिंह राठौरलगायतले अनुगमन गर्नुभएको छ ।
विषेश गरि कोरोना संक्रमण बढी भएका वडाहरुमा स्वास्थ्य सर्तकता अपनाउने र संक्रमितहरु घरबाहीर हिडडुल गर्ने गरेको पाईएकाले वडा कार्यालयलाई सोको निगरानी गर्न अनुगमन गरिएको हो । अनुगमनका क्रममा संक्रमितहरु होम आइसोलेसनमा नबसी घरबाहिर निस्कने, बजार सामान खरिदका लागि जाने, व्यापार गर्ने जस्ता समस्या बढेको भन्दै वडा कार्यालयलाई त्यस्तो कार्यलाई निरुत्साहीत गर्न निर्देशन दिइएको छ । स्थानीय प्रशासन र जनप्रतिनिधिले संक्रमितलाई घरमै बस्न आग्रह गरेको र त्यसको निगरानीका लागि टोलविकास संस्थालाई सकृय बनाउन आग््ह गरिएको ९ नम्बर वडा अध्यक्ष लक्ष्मण प्रसाद भण्डारीले बताउनुभयो ।
अनुगमनका क्रममा अध्यक्ष भण्डारीले हालसम्म वडामा कोरोना संक्रमणको अवस्थाका बारेमा अनुगमन टोलीलाई जानकारी गराउनुभएको थियो । अध्यक्ष भण्डारीले हालसम्म वडामा २६३ जनामा संक्रमण पुष्टि भएको साथै ११ जनाको मृत्यु भएको भन्दै कोरोना संक्रमित तथा स्थानीय वासिन्दाहरुलाई घरमै बस्न आग्रह गरिएको जानकारी दिनुभयो । तर, ९ नम्बर वडा औद्योगिक क्षेत्रको बिचमा रहेकाले उद्योगमा काम गर्ने मजदुर एवम् कर्मचारीको आवतजावतका कारण समस्या रहेको उहाँले जानकारी दिनुभयो । अध्यक्ष भण्डारले स्थानीय स्तरमा टोल विकास संस्थालाई सक्रिय गराएर कोरोना संक्रमितलाई घरबाहिर ननिस्कन लागि आग्रह गरिएको समेत जानकारी दिनुभयो । कोरोना नियन्त्रण गर्नका लागि स्थानीय प्रशासनले निषेधाज्ञा गरेपनि हेटौंडाका टोल टोलमा र गाउँस्तरमा भने संक्रमीत धेरै रहेकाले चेतना जगाउन पनि अनुगमन गरिएको हो ।