हेटौंडा– नेकपा एमाले निकट अखिल नेपाल महिला संघ (अनेमसंघ) मकवानपुरले हेटौंडा अस्पताललाई ५० थान अक्सिजन सिलिण्डर सहयोग गरेको छ । संघले सोमबार आज अस्पताल व्यवस्थापन समितिलाई ५० थान अक्सिजन सिलिण्डर हस्तान्तरण गरेको हो ।
अनेमसंघकी केन्द्रिय सदस्य एवम् बागमती प्रदेश सभा सदस्य जुनेली श्रेष्ठले आज एक कार्यक्रमका बीच हेटौंडा अस्पताल सञ्चालन तथा ब्यवस्थापन समितिका अध्यक्ष राजेश प्रसाईलाई अक्सिजन सिलिण्डर हस्तान्तरण गर्नुभएको हो । अस्पतालमा उपचारत कोभिड–१९ संक्रमितको उपचारमा अक्सिजनको कमी नहोस् भन्ने उद्देश्यले अक्सिजन सिलिण्डर सहयोग गरिएको अनेमसंघ मकवानपुरकी अध्यक्ष सुमित्रा काफ्लेले जानकारी दिनुभयो । अक्सिजन सिलिण्डर हस्तान्तरण कार्यक्रममा नेकपा एमाले मकवानपुरका अध्यक्ष एकलाल श्रेष्ठ, अनेमसंघ संघ हेटौंडा नगर अध्यक्ष रञ्जिता सिलवाललगात अनेमसंघ जिल्ला, नगरका पदाधिकारी एवम्तर सदस्यहरूकाे उपस्थित थियो ।