काठमाण्डौ – राष्ट्रिय प्रजातन्त्र पार्टी नेपालका अध्यक्ष कमल थापाले अब नागरिकलाई विकल्प खोज्ने अवसर दिनुपर्ने बताउनुभएको छ । प्रधानमन्त्रीका लागि नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले गरेको दाबीमा आधार नभएको भन्दै नेता थापाले विकल्प खोज्ने अवसर दिनुपर्ने बताउनुभएको हो ।
उहाँले दुवै दाबी जाली/किर्ते भएको र दुवै खारेज गरी संविधानअनुसार चुनाव घोषणा गर्न राष्ट्रपति विद्यादेवी भण्डारीलाई आग्रह गर्नुभएको छ । उहाँले सामाजिक सञ्जाल ट्विटरमा लेख्नुभएको छ, ‘राष्ट्रपति महोदय, दुवै दाबीमा संविधानको धारा ७६ को उपधारा (५) अनुसार ुविश्वासको मत प्राप्त गर्नेुआधार छैन । दुवै जालीरकिर्ते हुन् । दुवै खारेज गरी संविधानअनुसार चुनाव घोषणा होस् ।’ साथै नेता थापाले सङ्घीय गणतन्त्रलाई गाईजात्रामा परिणत गरेको र लोकतन्त्रको नाममा ब्रम्हलुट गरेको आरोप लगाउनुभएको छ ।
राष्ट्रपति महोदय,दुवै दावीमा संविधानको धारा ७६(५)अनुसार 'बिश्वासको मत प्राप्तगर्ने'आधार छैन।
— Kamal Thapa (@KTnepal) May 21, 2021
दुवै जाली/किर्ते हुन्।दुवै खारेजगरी संविधान बमोजिम चुनाव घोषणाहोस्।यिनीहरूले संघीय गणतन्त्रलाई गाईजात्रामा परिणत गरे,लोकतन्त्रको नाममा ब्रम्हलुट गरे।अब जनतालाई विकल्प खोज्ने अवसर दिनुपर्छ