मकवानपुर– मकवानपुरमा शनिबार (आज) थप १ सय ६१ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । पछिल्लो २४ घण्टामा पिसिआर र एन्टीजेन विधिबाट २ सय ३३ जनामा गरिएको परीक्षणमा १ सय ६१ जनामा कोरोना देखिएको स्वास्थ्य कार्यलय मकवानपुरले जनाएको छ । हिजो जिल्लामा १ सय ७४ जनामा कोरोना पुष्टि भएको थियो ।
आज संक्रमण पुष्टि हुनेमा १ सय ३७ जना हेटौंडा उपमहानगरपालिकाका रहेका छन् भने ११ जना थाहा नगरपालिकाका, ६ जना मनहरी गाउँपालिकाका, ४ जना मकवानपुरगढीका, २ जना बागमती गाउँपालिकाका र एकजना राक्सिराङ गाउँपालिका रहेको स्वास्थ्य कार्यलयले जनाएको छ । योसंंगै मकवानपुरमा हालुसम्म कोरोना पुष्टि हुनेको संख्या ५ हजार २ सय ८४ जना पुगेको कार्यलयले जनाएको छ । यसैगरि आज थप ९ जना संक्रमितले कोरोना जितेका छन् । यो संगै मकवानपुरमा कोरोना जित्नेको संख्या ३ हजार ९ सय ३७ पुगेको छ ।