चितवन– नेकपाका सचिवालय सदस्य तथा उपप्रधानमन्त्री ईश्वर पोखरेलले सरकार र प्रधानमन्त्रीको लोकप्रियताले अताल्लिएर माधव–प्रचण्डले पार्टी छाडेर गएको बताउनुभएको छ । जताततै प्रधानमन्त्री केपी ओलीले गरेको राम्रो कामका प्रशंसा उहाँहरूले सुन्न सक्नु भएन, पोख्रेलको भनाई थियो । पद बिना बस्न नसक्ने माधव–प्रचण्ड समूहले हाताहाती पद लिनको लागि पार्टी छाडेर गएको उहाँले बताउनुभयो ।
उपप्रधानमन्त्री पोखरेलले भन्नुभयो “३ वर्ष पार्टी चैतको खडेरीमा परेको जस्तो बन्यो”, “भत्केको पार्टीलाई बनाउने काममा सबै लागौँ ।” कार्यकर्ताको बुई चढेर हस्तिनापुर कब्जा गर्ने षड्यन्त्रमा प्रचण्ड सुरुदेखि लागे पनि असफल भएको बताउनुभयो । साथै प्रचण्ड अन्तर्विरोधमा खेल्ने खेलाडी भएको समेत बताउनुभयो । प्रचण्डले कांग्रेस र अन्य दलसँग मिलेर सुरुमै ५ वर्षे प्रधानमन्त्री बन्न चलखेल गरेको जिकिर गर्नुभयो । केपी ओलीले ७५ दिन खर्चिएर प्रचण्डलाई मनाएको समेत बताउनुभयो । उपप्रधानमन्त्री पोखरेलले स्थायी कमिटीको एउटै बैठक ८० दिन चल्दा ओलीलाई पार्टी अध्यक्ष र प्रधानमन्त्री दुवै पदबाट हट्नुपर्ने अडान राखेर अस्थिरता ल्याउने काम भएको बताउनुभयो । प्रचण्डले ओलीलाई पार्टी सदस्य हुन पनि अयोग्य भनेर अभियोग पत्र ल्याएर विग्रहको बाटोमा लागेको बताउनुभयो ।
Home प्रदेश बागमती प्रदेश सरकारको लोकप्रियताबाट अताल्लिएर माधव–प्रचण्ड पार्टी छाडेर गए : उपप्रधानमन्त्री पोख्रेल