मकवानपुर– हेटौंडा उपमहानगरपालिका–९ स्थित दिव्य बाल उद्यान संस्थाको साधारण सभा मंगलबार सम्पन्न भएको छ । संस्थाका अध्यक्ष लक्ष्मण प्रसाद भण्डारीको साध्यक्षता एवम् जिल्ला समन्वय समिति मकवानपुरका प्रमुख रघुनाथ खुलालको प्रमुख आतिथ्यतामा साधारण सभा सम्पन्न भएको हो ।

No description available.

स्वास्थ्य सुरक्षाका मापदण्डको पूर्ण पालनासहित सम्पन्न साधारण सभाको उद्घाटन गर्नुहुँदै प्रमुख खुलालले पर्यटकीय क्षेत्रको रुपमा विकास हुँदै गरेको बाल उद्यानको विकासमा सबैको सहभागिता हुनुपर्ने बताउनुभयो । प्रमुख खुलालले संस्थाले भोलीका दिनमा वढा नम्बर ९ लाई नै चिनाउने विश्वास समेत व्यक्त गर्नुभयो । सो अवसरमा उहाँले कोरोना रोकथाम तथा नियन्त्रणका लागि स्वास्थय मापदण्डको पालना गर्न गराउन समेत सबैलाई आग्रह गर्नुभयो ।
अघिल्लो वर्षबाट निर्माण कार्य सुरु भएको बाल उद्यानमा विभिन्न संरचना समेत निर्माण भइसकेका छन् । बाल उद्यानमा हालसम्म सरकारी तथा विभिन्न व्यक्तिसमेतको सहयोगमा ५१ लाख ५३ हजार ५ सय बराबरका विभिन्न संरचनाहरु निर्माण भएका छन् । बाल उद्यानमा अघिल्लो वर्ष वडाका नागरिकले श्रममा आधारीत राहत योजना मार्फत ४ लाख २१ ह्जार बराबरको सहयोग समेत गरेका थिए ।
त्यस्तै वडा कार्यालयको २० लाख, संघीय पूर्वाधार कार्यक्रम मार्फत १५ लाख, नगरपालिकाद्धारा ५ लाख, डिभिजन वन कार्यालयद्धारा ५ लाख र सदस्यता वापत ८२ हजार रुपैया संकलन भएको साधारण सभामा जानकारी गराईएको छ । बाल उद्यानमा अहिले विश्राम स्थल, वाटर फाउण्डेसन, पिक्नीक स्पोर्ट लगायतका संरचना निर्माण भएका छन् भने मदनआश्रितको प्रतिमा अनावरणको तयारीमा रहेको छ । वाटर फाउण्डेसन गोर्खा लहरी प्रालीले ६५ हजारको लागतमा निर्माण गरेको हो । साधारण सभाले पुन भण्डारीकै अध्यक्षतामा नयाँ कार्यसमति समेत चयन गरेको छ ।