मकवानपुर– जिल्ला समन्वय समिति (जिसस) मकवानपुरका प्रमुख रघुनाथ खुलालले मकवानपुर जिल्लामा सबैको सकृय सहभागितामा पुनर्निर्माणको काम प्रभावकारी रुपमा अगडी बढेको बताउनुभएको छ । विहीबार ट्रान्सपरेन्सी ईन्टरनेशनल नेपालद्धारा सञ्चालित “भुकम्पपछिको पुनर्निर्माण र पुनःस्थापनामा सदाचार” परियोजनाको समापन तथा धन्यवाद ज्ञापन कार्यक्रममा उहाँले सबैको सकृयता र सहयोगमा जिल्लामा पुनर्निर्माणको काम प्रभावकारी रुपमा अगाडी बढेको बताउनुभयो ।

सुरुका अवस्थामा विभिन्न समस्याहरु सृजना भएको भए पनि सबैले सकृय भएर काम गरेकै कारण पुनर्निर्माणको काममा सफलता प्राप्त गर्न सकिएको उहाँको भनाई थियो । २०७२ सालको भुकम्पपछि मकवानपुरसहित १४ जिल्लामा युरोपियन युनियनको सहयोगमा ट्रन्सपरेन्सी ईन्टरनेशनल नेपालले सञ्चालन गरेको भुकम्पपछिको पुनर्निमार्ण र पुनःस्थापना परियोजना प्रभावकारी सावित भएको उहाँले बताउनुभयो । उहाँले यस सन्दर्भमा ट्रान्सपरेन्सी ईन्टरनेसनल नेपालले देखाएको सकृयता र कृयाशिलताका लागि धन्यवाद दिनुभयो । कार्यक्रममा भुकम्प पछिको पुनर्निमार्णमा भ्रष्टाचार निवारण, शुसासन, पारदर्शिता, जवाफदेहितालगायत क्षेत्रमा संस्थाले गरेका कामका बारेमा परियोजनाकी जिल्ला अधिकृत प्रमिला थिङले प्रस्तुती गर्नुभएको थियो ।
ट्रान्सपरेन्सी ईन्टरनेशनल नेपालकी अध्यक्ष पदमिनी प्रधानाङ्गको सभाध्यक्षतामा भएको कार्यक्रममा जिल्ला समन्वय समिति मकवानपुरकी उपप्रमुख भगवती पुडासैनी, भुकम्प पुनर्निर्माण प्राधिकरण जिल्ला आयोजना ईकाई (शिक्षा) का प्रमुख बद्री बहादुर पाठक, जिल्ला प्रशासन कायार्लय मकवानपुरका प्रशासकिय अधिकृत देवचन्द्र गर्ताैला, अनुदान व्यवस्थापनका संजिव बस्नेत, भवनका रविन पाठक, शिक्षा विकास तथा समन्वय ईकाई मकवानपुरका प्रेम चन्द्र चौधरी, गैसस महासंघ मकवानपुरकी कार्यवाहक अध्यक्ष रमिला सापकोटा, मानव अधिकार मञ्चकी चन्द्रवती पनेरुलगायतको सहभागिता थियो ।