हेटौंडा – मकवानपुर प्रहरीले लागुऔषध नाईट्रोभेट सहित दुई जनालाई पक्राउ गरेको छ । प्रहरीले पुर्व पश्चिम राजमार्ग स्थित हेटौंडा–३, तिनताप्केबाट ६० ट्याब्लेट लागूऔषध नाइट्रोभेट सहित मंगलबार हेटौंडा–३ बस्ने १८ वर्षीय सुशिल बर्तौला र मोरङ बिराटनगर महानगरपालिका–४ बस्ने २१ वर्षीय रविन कार्कीलाई नियन्त्रणमा लिएको हो ।
प्रहरी चौकी लेवट मकवानपुरबाट खटिएको गस्ती टोलिले हिडिरहेको अवस्थमा शंका लागेर खानतलासी गर्दा नाइट्रोभेट बरामद भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी नायब उपरीक्षक जयश्वर रिमालले जानकारी दिनुभयो । पक्राउ परेका दुबैजना बिरुद्ध आवश्यक अनुसन्धान तथा कारवाहि भईरहरको उहाँले जानकारी दिनुभयो ।