हेटौंडा– बागमती प्रदेश सरकारले चिनको तिब्बत सरकारबाट प्राप्त स्वास्थ्य उपकरणहरु प्रदेशका विभिन्न अस्पतालहरुलाई उपलब्ध गराईएको छ । केहीदिन अघि चीनको तिब्बत सरकारबाट सहयोग स्वरुप प्राप्त भएका १३ करोड बराबरको स्वास्थ्य सामाग्रीहरु प्रदेश मातहतका अस्पतालहरुमा उपलब्ध गराईएको हो ।

प्रदेश मातहतका हेटौंडा अस्पताल, भक्तपुर अस्पताल, धादिङ अस्पताल, नुवकोटको त्रिशुली अस्पताल र सिन्धुली अस्पताललाई १६ थान भेन्टिलेटरसहित विभिन्न स्वास्थ्य सामग्री उपलब्ध गराईएको सामाजिक विकास मन्त्रालयका वरिष्ठ स्वास्थ्य प्रशासक डा.पुरुषोत्तम सेढाईले जानकारी दिनुभयो । प्रदेश सरकारले भेन्टिलेटरसहित कन्सेन्ट्रेटर १५ थान, सिरिन्ज पम्प १० थान, इन्फ्युजन पम्म १० थान, इलेक्ट्रो कार्डियोग्राफ ३ थान, प्यासेन्ट मोनिटर ६० थान, कलर डप्लर अल्ट्रासाउण्ड डायग्नोष्टिक सिस्टम १० थान, एनेस्थेटिक लारिङगोस्कोप १० थान, अक्सिजन रिजर्भ भोयर ब्याग ५० थान, ब्लड ग्याँस  एनलाईजर १० थान, डेफिग्रीलेटर मोबाईल १० थान, अक्सीमिटर पल्स २० थान र आईसियू बेड ५० थान अस्पतालहरुलाई वितरण गरिएको प्रदेशको सामाजिक विकास मन्त्रालयले जानकारी दिएको छ । स्वास्थ्य सामाग्रीहरु अहिले अस्पतालहरुमा लैजाने कार्य भइरहेको वरिष्ठ स्वास्थ्य प्रशासक डा. सेढाईले जानकारी दिनुभयो ।