भारतीय टेलिभिजनको चर्चित कमेडी शो, द कपिल शर्मा शो लोकप्रिय मानिन्छ । यसलाई फ्यानमात्र होइन स्टारले समेत मन पराउछन् । तर एक यस्ता ब्यक्ति छन् जसले कपिल शर्मा शोलाई मन पराउदैनन् । बलिउड फिल्म तथा टेलिभिजन अभिनेता मुकेश खन्ना जो शक्तिमान, महाभारत लगायतका टिभि शो मार्फत दर्शकको घरघर पुग्दथे उनैलाई कपिल शर्मा शो मन पर्दैन । केहि समय अघि कपिलले आफ्नो शोमा महाभारतको पुरै स्टारकाष्टलाई आमन्त्रण गरेका थिए तर मुकेश भने शोमा देखा परेनन् ।

महाभारतमा भीष्म पितामहको भुमिकाबाट दर्शकमाझ लोकप्रिय मुकेश खन्ना कपिल शर्माको निमन्त्रणा पाएर पनि गएनन् । यसबारे मुकेशलाई धेरैले प्रश्न गरेका छन् । जसको जवाफमा उनले मुख खोलेका छन् । उनले आफुलाई कपिलको शो फिटिक्कै मन नपर्ने भन्दै यस्तो कार्यक्रममा आफु हिस्सेदार बन्न नचाहेकाले नगएको बताएका छन् । मुकेशका अनुसार एडल्ट शब्दको प्रयोग गर्ने, भद्या मजाक, पुरुषले महिलाको पहिरन लगाएर महिलाको बेज्जती गर्ने, अश्लिलतायुक्त शोमा भाग लिन मन नलागेर नगएका हुँ। उनले भनेका छन्, स्टेजको बिचमा एक मानिसलाई हास्नका लागी राखिएको छ । यसका लागी उसलाई पैसा दिइन्छ । अब यस्तो जबरजस्तीको हास्ने शोमा म किन जाऊ ?