मकवानपुर– जिल्ला समन्वय समिति (जिसस) मकवानपुरको ५२ औं बोर्ड बैठक बुधबार सम्पन्न भएको छ । जिल्ला समन्वय समिति मकवानपुरका प्रमुख रघुनाथ खुलालको प्रमुख आतिथ्यतामा बैठक बसेको हो ।
हरेक महिनाको ४ गते नियमित रुपमा जिल्ला समन्वय समितिको बोर्ड बैठक बस्ने गरेको छ । बुधबारको बैठकमा जिससले कार्तिक महिना भरि गरेका काम कारर्बाहिका बारेमा छलफल गरेको छ । साथै आगामि मंसिर ७ र ८ गते चितवनमा आयोजना हुने जिसस महासंघ प्रदेश कमिटिको भेलामा सहभागि हुने विषयमा छलफल भएको जिसस प्रमुख खुलालले जानकारी दिनुभयो ।
बैठकमा जिल्ला समन्वय समितिकी उपप्रमुख भगवती पुडासैनी, सदस्यहरु देवराज रिमाल, सिता अधिकारी, चित्र बहादुर बलामी, बुद्धी बहादुर मुक्तान, सरिता विश्वकर्मा, सानुकान्छी स्याङ्तान, समन्वय अधिकारी कपिल प्रसाद उपाध्यायलगायतको सहभागिता रहेको थियो ।