हेटौंडा– मकवानपुरको पुर्वी बकैया गाउँपालिकाको कार्यालय स्थायी मुकाममा सरेको छ । साविकको छतिवन गाविस कार्यालयबाट अस्थायी रुपमा सेवा प्रवाह गर्दै आएको गाउँपालिकाको कार्यालय सोमबार स्थायी रुपमा हात्तिसुडेँ सारिएको हो ।
बकैया गाउँपालिका वडा नम्बर ३ को छतिवनबाट अस्थाई रुपमा सेवा प्रवाह गर्दै आएको गाउँपालिकाको कार्यालय सोमबार स्थायी रुपमा हात्तिसुडेँ सारिएको गाउँपालिका अध्यक्ष दामोदर खनालले जानकारी दिनुभएको छ । गाउँपालिकाको स्थायी मुकाम हात्तिसुडेँ नै तोकिएको भए पनि कार्यालय अभावमा छतिवनबाट सेवा प्रवा गरिदै आएको थियो । मंगलबारबाट भने सम्पुर्ण काम हुने गरि कार्यालय हात्तिसुडेँ सारिएको गाउँपालिका अध्यक्ष खनालले जानकारी दिनुभयो । गाउँपालिकाले हात्तिसुडेँमा आफ्नै व्यवस्थित भवन निमार्ण गरेर कार्यालय सारिएको उहाँले जानकारी दिनुभएको छ । मंगलबारबाट सम्पुर्ण सेवा हात्तिसुडेँबाटै प्रवाह गरिने गाउँपालिकाका प्रमुख प्रशासकिय अधिकृत लक्ष्मण पुडासैनीले जानकारी दिनुभयो । कार्यालय अभावमा काम गर्न असहज भएको अवस्थामा अब भने कमामा सहजता आउने पुडासैनीले बताउनुभएको छ ।कार्यालयको विधिवत उद्घाटन भने केहि दिन पछि गरिने उहाँले बताउनुभयो ।